Rule 8
इजाजतपत्र दिनु पर्ने
(१) नियम ७ को उपनियम (१) बमोजिम श्रम इजाजतको लागि निवेदन परेमा विभागले निवेदनसाथ संलग्न विवरण कागजातका आधारमा आवश्यक जाँचबुझ गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम निवेदन जाँचबुझ गर्दा विभागले आवश्यक ठानेमा रोजगारदातासँग कुनै थप कुरा बुझ्न वा सो सम्बन्धमा सात दिनभित्र प्रतिवेदन पेश गर्न कार्यालयलार्इ निर्देशन दिन सक्नेछ।
(३) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा व्यहोरा मनासिब देखेमा विभागले नियम १० को उपनियम (१) बमोजिमको दस्तुर लिर्इ तीस दिनभित्र रोजगारदातालार्इ अनुसूची…२ बमोजिमको ढाँचामा श्रम इजाजत दिनु पर्नेछ।
(४) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा निवेदकलार्इ श्रम इजाजत दिन नमिल्ने देखिएमा विभागले सात दिनभित्र सोको लिखित जानकारी निवेदकलार्इ दिनु पर्नेछ।